
कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ५२ लाख निको भएका छन् भने करिब ७७ लाख मानिस सक्रिय संक्रमित छन् ।
विश्वभर अझै पनि ६६ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १० हजारको मृत्यु भएको छ ।
विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६२ लाख ४५ हजार संक्रमित भएका छन् भने यहाँ ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ८० हजार व्यक्ति संक्रमित भएकामा एक लाख ४३ हजारभन्दा बढीको मृत्यु भएको छ ।