
काठमाडौं, ९ पुस–अमिर खानको चलचित्र दंगलले पहिलो दिनमा भारतीय फिल्म उद्योगमा जबरजस्त शुरुवाता गरेको छ ।
हिजो रिलिज भएको फिल्मले २९.७८ करोडको शानदार शुरुवात गर्दै नोटबन्दीकाबीच राम्रो प्रदर्शन गरको छ ।
दंगल यो वर्षको सबैभन्दा प्रतिक्षा गरिएको चलचित्रसमेत हो । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसका दर्शक बढेको चर्चा गरिएको छ ।
अहिलेसम्म फिल्मले ११ करोड जम्मा गरिसकेको छ । दंगलले ३५० देखि ४०० करोडको व्यपार गर्ने र उनकै फिल्म थ्री इडियट्सको रिकर्ड ब्रेक गर्न सक्छ भन्ने अनुमान गरिएको छ । जुन अमिरको सबैभन्दा धेरै कमाइ गर्न सफल फिल्म हो ।
दंगल बनाउन भने १२५ करोड लागेको जनाइएको छ ।
पहिलो दिनको कलेक्सनमा उनी सलमाखान भन्दा पछि परेपनि दर्शकको मन जितेको रुपमा लिइएको छ । सलमानको सुल्तानले पहिलो दिन ३६.५४ करोडको व्यापार गरेको थियो ।