३० जेठ २०८३, शनिबार

इन्ट्याग्रीटी आइडल नेपालका लागि उत्कृष्ट पाँचको छनोट

कात्तिक २०, २०७४
इन्ट्याग्रीटी आइडल नेपालका लागि उत्कृष्ट पाँचको छनोट
काठमाडाैं, ९ पुस- तेस्रो इन्रयाग्रीटी आइडलको उत्कृष्ठ पाँच जनाको छनोट गरिएको छ ।

उत्कृष्ट पाँचमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप–सचिव भिष्म कुमार भुषाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुवँर, शिद्धबाबा उमाबि, गुल्मीका प्रधानाध्यापक डोर बिक्रम श्रीस, बागेश्वरी उमाबि, भक्तपुरका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी, धनकुटाका स्वास्थ्य सहायक तारा सुवेदी पर्न सफल भएका छन् ।

जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरतसंस्था एकाउन्टबिलिटी ल्याबले हरेक वर्ष इन्ट्याग्रीटी आइडल आयोजना गर्ने गरको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक मण्डलमा नेपाल सरकारका भुतपूर्व सचिव जिवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहेका छन् ।

सन् २०१४ मा तात्कालिन पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल बिजेता भएका थिए भने सन् २०१५ को बिजेता तात्कालिन गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल भएका थिए । नेपालबाट सुरु भएको यो अभियान तेस्रो संस्करणसम्म आइपुग्दा, लाईबेरीया, पाकिस्तान र मालि लगायतका देशहरुमा पनि विस्तार भैसकेको छ भने ईन्डोनेसियामा सुरु हुने प्रकृयामा रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

इन्ट्याग्रिटि आइडलका लागि १५फेब्रुअरी २०१६ बाट चार महिनाको लागि मनोनयन खुल्ला गरीएको थियो । जस अन्तरगत देशका ६७ वटा जिल्लाबाट जम्मा ८३८ मनोनयन प्राप्त भएको थियो । इन्ट्याग्रिटि आइडल ले तय गरेको पूर्व निर्धारीत मापदण्डलाई आधार बनाएर बिभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलको गठन गरी उत्कृष्ट पाँचको छनोट गरीएको थियो ।

अन्तिम पाँचको छनोट पछि एसएमएस र वेबसाईटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१६ को छनोट गरिने आयोजकले जनाएका छन् । एसएमएस र वेभसाईटबाट भोटिङ का लागि उत्कृष्ट पाँचै जनालाई बेग्ला बेग्लै भोटिङ कोडको निर्धारण गरिएको छ ।

भिष्म कुमार भुषालका लागि भोटिङ कोड ०१, बिन्दु कुवँरका लागि ०२, डोर बिक्रम श्रीसका लागि ०३, कृष्ण प्रसाद धन्छाका लागि ०४ र तारा सुवेदीका लागि ०५ निर्धारण गरिएको छ । भोट गर्नकालागि मोबाईलको म्यासेज बक्समा गएर आइआइएन टाइप गरी स्पेस दिएर आफुलाई चित्त बुझेको ब्यक्तिको भोटिङ कोड लेखी ३४००१ मा पठाउन सकिने छ । त्यसैगरी भोटिङ ईन्टरनेटबाट बाट पनि गर्न सकिनेछ । भोटिङ पौष ७ गते बिहीबार देखि पौष १६ गते शनिबार राति १२ बजे सम्म खुल्ला रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्