
नारायणी नदीले बगाएको पोथी गैंडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोस्ट क्षेत्र नारायणी नदी किनारमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अन्दाजी ३० वर्षको पोथी गैंडा दिउँसो १२ः३० बजे फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । गैंडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । शनिवार मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैंडा मृत फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मात्र विभिन्न कारणले ५ वटा गैंडा मरेका छन् ।