
प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण पुष्टि भएकामध्ये अधिकांश सुरक्षाकर्मी रहेको खुलेको छ । सुरक्षा स्रोतका अनुसार संक्रमितमध्ये ६३ जना सुरक्षाकर्मी रहेका छन् ।
जसमा नेपाली सेना २८ जना, नेपाल प्रहरीका १७ जना र बाँकी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट खटिएकाहरु रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना फैलिएपनि प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ रहेको छ । तर, प्रमका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालगायतमा कोरोना कोरोना पोजेटिभ देखिएको छ ।