२८ जेठ २०८३, बिहीबार

नेपालले चीनलाई उछिन्दै, चीनबाटै आएकामा पहिलो पटक देखिएको थियो कोरोना

नेपालले चीनलाई उछिन्दै, चीनबाटै आएकामा पहिलो पटक देखिएको थियो कोरोना

गत वर्षको डिसेम्बरको सुरुतिर चीनको उहानमा पहिलो पटक एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखियो । सो भाइरसको संक्रमण उहानमा यसरी फैलियो कि चीनले भाइरस नियन्त्रणका लागि लामो समय लकडाउनकै गर्नुपर्यो । सुरुका केही महिनामा लकडाउन गरेर चीनले उहानमा परीक्षणको दायरा ब्यापक बनाउँदा ठूलो संख्यामा संक्रमित भेटिए भने केही हजारको ज्यान समेत गयो । 

विश्वमै नौलो भाइरस अन्य मुलुकमा फैलिन सुरु गर्दैगर्दा चीनले भने भाइरसविरुद्धको लडाइमा करिब विजय हासिल गर्दै गयो । अहिले पनि चीनमा संक्रमण त देखिने क्रम रोकिएको छैन तर प्रकोपको महामारीको अवस्था नरहेको बताइन्छ । 
हालसम्म चीनमा कोरोनाभाइरस संक्रमितको संख्या ८५ हजार ४३४ पुगेको छ भने त्यसमा ४ हजार ६३४ जनाको मृत्यु समेत भएको छ । यस्तै हाल चीनमा सक्रिय संक्रमित १८९ जनामात्रै रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ भने २ जनाको अवस्था गम्भीर छ । 

चीनमा भन्दा धेरै पछि कोरोना संक्रमित पहिचान भएको नेपालमा भने पछिल्लो समय संक्रमण दर ह्वात्तै बढेको छ । सरकारले गरेको लकडाउन र निषेधाज्ञा अधिकांश स्थानमा हटाइनुका साथै पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना नहुँदा पछिल्लो समय संक्रमण ह्वात्तै बढेको हो । 

यसरी संक्रमित बढ्ने क्रममा नेपालमा चीनको भन्दा ८६५ जनामात्रै कम संक्रमित रहेका छन् । अर्थात शनिबारसम्म नेपालमा संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ भने जसमध्ये सक्रिय संक्रमित २१ हजार ३०२ जना रहेका छन् । यस्तै हालसम्म ५२८ जनाको मृत्यु भएको छ । 

स्मरणीय कुरा के भने भने नेपालमा पहिलो पटक चीनबाट आएका एक विद्यार्थीमा नै कोरोना संक्रमण पुष्टि भएको थियो । गत वर्षको माग १० गते चीनको उहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपाल आएको बेला कोरोना पुष्टि भएको थियो ।  

हालसम्म चीनमा १६ करोड मानिसमा कोरोना परीक्षण भएको बताइएको छ । यता नेपालमा भने शनिबारसम्म १० लाख ६१ हजार ६६४ जनाको कोरोना परीक्षण भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्