काँग्रेस नेता गगन थापामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज १५ गते पार्टी कार्यालय सानेपामा स्वाब संकलन गरिएअनुसार आज आएको रिपोर्टमा आफूमा कोरोना पोजेटिभ देखिएको थापाले बताए ।
उनले आफ्नो अवस्था सामान्य रहेको र अहिले हाम आइसोलेशनमा रहेको ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले अफ्नो सम्पर्कमा आएकालाई सजगता अपनाउन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020 यो पनि..