
काठमाडौं । चीनको ऊहानबाट सुरु भएर विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५२ लाख ६ हजार नाघेको छ । आइतबार रातिसम्म सो संख्यामा कोरोना संक्रमित भएका हुन् भने १० लाख ३९ हजार बढीको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यसैगरी हालसम्म २ करोड ६१ लाख ८५ हजार बढी संक्रमितको निको हुँदा अहिले पनि करिब ८० लाख सक्रिय संक्रमित रहेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार ७९ लाख ८१ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका हु्न् ।
हालसम्म कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै माननीय क्षति पुगेको छ भने त्यसपछि भारतमा संक्रमित रहेका छन् ।