३१ जेठ २०८३, आइतबार

३४ सङ्क्रमितको भेन्टिलेटरमा उपचार हुँदै

३४ सङ्क्रमितको भेन्टिलेटरमा उपचार हुँदै

बितेको २४ घण्टामा देशमा थप दुई हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८६ हजार ८२३ पुगेको छ । चौध दिनअघि यो सङ्ख्या ६४ हजार १२२ थियो ।    

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ६४ हजार ६९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसीआर गरिएको छ । 

देशभर हाल २२६ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३४ सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले बताए। प्रदेश नं १ मा २८ सङ्क्रमित अति सघन कक्षमा, १ जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १७ संक्रमितको अति सघन कक्षमा, बागमती प्रदेशमा ११२ सङ्क्रमितको अति सघन कक्षमा तथा २७ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ सङ्क्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा ४४ सङ्क्रमितको अति सघन कक्षमा, सुदूरपश्चिममा ४ सङ्क्रमितको अति सघन कक्षमा तथा कर्णाली प्रदेशमा  १५ कोरोना सङ्क्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्