२४ जेठ २०८३, आइतबार

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

असोज १९, २०७७
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

म्याग्दीको मालिका गाउँपालिका–७, बिम खरिभिरमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १ घाइते भएका छन् । 

दरबाङबाट बिमतर्फ जाँदै गरेको घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै आइतबार राति ११ बजे दुर्घटना हुँदा रघुगंगा गाउँपालिका–३ का २३ वर्षीय आशीष खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते खत्रीलाई उपचारको लागि बेनी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा पर्वत जलजला गाउँपालिका–२ का ३० वर्षीय प्रवीण परियार गम्भीर घाइते भएका छन् । उनको पोखरामा उपचार भइरहेको छ । 

निर्माणाधीन भगवती आधारभूत विद्यालय, बिमका निर्माण सामग्री बोकेर त्यसतर्फ जाँदै गरेको ट्याक्टर सडकदेखि करिब ५ सय सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनायो । 

salt training

कमेन्ट गर्नुहोस्