०२ असार २०८३, मंगलबार

दाङ राजधानीको पक्षमा मतदान गर्न नेकपाको ह्वीप

असोज १९, २०७७
दाङ राजधानीको पक्षमा मतदान गर्न नेकपाको ह्वीप

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले ५ नम्बर प्रदेशको राजधानी दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रदेशको स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान ७ बजे बोलाइएको बैठक साढे ११ बजेदेखि शुरू भएको थियो । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रदेश सभाका नेकपा प्रमुख सचेतक भुमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरी बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थिक र पर्यटनको राजधानी बनाउने गरी छलफल भएको र दाङ देउखुरीको प्रस्तावमा मतदान गर्न मुख्यमन्त्रीले ह्वीप जारी गरेको बताए ।

यसअघि सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन स्थगन गर्न आग्रह गरेको थियो । अब केहीबेरमा प्रदेशसभा बैठक बस्दैछ । बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रदेशसभा बाहिर भने बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्