३० जेठ २०८३, शनिबार

सिरियामा आर्थिक संकट छाउँदा सहुलियतको रोटी लिनका लागि तोकियो सीमा

असोज १९, २०७७
सिरियामा आर्थिक संकट छाउँदा सहुलियतको रोटी लिनका लागि तोकियो सीमा

सिरिया सरकारले प्रत्येक व्यक्तिले पाउने सहुलियतको रोटीको सीमा तोक्ने नियम ल्याएपछि ठूलो परिवार भएका मानिस भोकमरीको जोखिममा परेका छन् । 

हालै सरकारले जारी गरेको आदेश अनुसार दुईजना सदस्य भएको परिवारले दिनको एक प्याकेट रोटी मात्र पाउनेछन्, चारजनाको परिवारले दुई प्याकेट पाउनेछन् अनि ६ जनाको परिवारले तीन प्याकेट पाउनेछन् । सात वा त्यसभन्दा बढी सदस्य भएका परिवारका लागि चार प्याकेट रोटी उपलब्ध गराइनेछ । 

अनि राज्यले सञ्चालन गरेका रोटी पसलमा रोटी किन्न स्मार्टकार्ड प्रयोग गर्नुपर्नेछ । यसभन्दा बढी रोटी किन्नका लागि मानिसहरू कालोबजारमा भर पर्नुपर्छ । त्यहाँ एक प्याकेट रोटीको मूल्य ५०० सिरियाली पाउन्ड छ जबकि सरकारले सहुलियतमा उपलब्ध गराउने रोटीको एक प्याकेटलाई १०० पाउन्ड पर्छ । 

सिरियाको मुद्रा पाउन्डको मूल्य घट्दै गएपछि मानिसहरू खानाको जोहो गर्नका लागि बढी समय काम गर्न बाध्य भएका छन् । 

राष्ट्रपति बशर अल–असदले अहिले देशको अधिकांश भागलाई आफ्नो नियन्त्रणमा ल्याइसकेका छन् तर उनको सरकारले देश पुनर्निर्माण गर्न सकिरहेको छैन । 

मुद्रास्फीति, उच्च मूल्यवृद्धि तथा कोरोनाभाइरस महामारीको ढाकछोप लगायतका कारणले मानिसहरूमा गहिरो नकारात्मक असर पारेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्