
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृहमा एक महिलाले ५ वटा बच्चालाई जन्म दिएकी छन् ।
नुवाकोट घर भएकी २८ वर्षीया महिलाले ५ वटा बच्चा जन्माएको र तीमध्ये ४ वटा जीवितै रहेको अस्पतालले जनाएको छ ।
जीवित रहेका चारै छोरी हुन् । उनीहरूको तौल क्रमश: १.९, १.८, १.६ र ०.८ केजी रहेको अस्पतालले जनाएको छ ।
अर्का एक शिशुको भने जन्मिनुअघि नै मृत्यु भएको थियो । मृत्यु भएका शिशु भने छोरा रहेको बताइएको छ ।
उक्त महिलाको शल्यक्रिया प्रसुती गृहका विशेषज्ञ डा. कीर्तिपाल सुवेदी नेतृत्वको टोलीले गरेको थियो ।