२१ जेठ २०८३, बिहीबार

नारायणीमा गैंडा मृत फेला

असोज २२, २०७७
नारायणीमा गैंडा मृत फेला
प्रतिकात्मक तस्वीर

नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ ।

चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो ।

डुंगा गस्ती टोलीले बुधवार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए ।

पछिल्लो १ हप्तामा चितवन राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्