०८ साउन २०८३, शुक्रबार

कोभिड–१९ को असरः अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

कोभिड–१९ को असरः अनलाइनबाट व्यापार गर्दै महिला उद्यमी

कोरोनाभाइरस (कोभिड– १९) महामारीका कारण शिथिल व्यापार व्यवसाय प्रबर्द्धनका लागि महिला उद्यमीहरूले अनलाइन व्यापारको बाटो अपनाउने भएका छन् । 

व्यापार चलायमान गराउनका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर र अनलाइन व्यापारको प्लेट फर्म सोचेको डटकमबीच लिखित सम्झौता भएको हो । 

चेम्बरकी सदस्य लीमा अधिकारीले कोभिड–१९ का कारण धरासायी भएको व्यापार/व्यवसाय अनलाइन ई कमर्समार्फत् चलायमान बनाउने उद्देश्यले उक्त सम्झौता भएको जानकारी दिइन् । 

महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले अनलाइनको बढ्दो प्रयोगका साथै चेम्बरमा आवद्ध महिला उद्यमीबाट उत्पादित व्यापार अभिवृद्धि गर्न एकीकृत रूपमा अनलाइन व्यापार सुरु गरिने बताइन् । 

सम्झौतापत्रमा चेम्बरकी अध्यक्ष श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक कैलाश लोहनीले हस्ताक्षर गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्