२३ असार २०८३, मंगलबार

धोनीको अद्भुत क्याच (भिडियो)

असोज २२, २०७७
धोनीको अद्भुत क्याच (भिडियो)

आईपीएलमा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले कोलाकाता नाइट राइडर्सविरुद्ध बुधवार रातिको खेलमा अद्भुत क्याच समातेर प्रशंसकहरूलाई खुशी दिलाएका छन् । 

उक्त खेलमा चेन्नई हारेको भए पनि धोनीको क्याचले चाहिँ व्यापक चर्चा पायो । ३९ वर्षको हुँदा पनि धोनीको स्फुर्तिमा कुनै कमी नआएको यसले प्रमाणित गरेको छ । 

यूएईको राजधानी अबु धाबीमा भइरहेको आईपीएलको यस सीजनको २१औं म्याचमा उनले कुल चार क्याच लिए । त्यसमध्येको एक क्याच चाहिँ गजबको थियो । उनले अन्तिम समयसम्म पनि हावामा उडिरहेको बल पछ्याए

अनि जोडदार डाइभ हानेर सुन्दर क्याच समाते । 

कोलकाताको इनिङको अन्तिम ओभरको पाचौं बलमा शिवम मावीको ब्याटको छेउमा छोएर बल हावामा उड्यो र थर्ड म्यानतिर पुग्यो । धोनीले पहिलोपटक क्याच समात्न सकेनन् तर हार मानेनन् । 

जोश देखाउँदै उनले राम्रो डाइभ हाने र क्याच समाते । ड्वेन ब्राभोले आइपीएलको १५औं विकेट यसमार्फत लिन पाए । 

यस खेलमा चार क्याच लिएसँगै आईपीएलमा सबभन्दा बढी क्याच लिने दिनेश कार्तिकको रेकर्ड उनले बराबरी गरे । दुवैले १०४ क्याच लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्