
चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता शुरू भएको छ ।
शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीको संयोजकत्वमा गठित वार्ता टोली र गोविन्द केसी पक्षको वार्ता टोलीबीच सिंहदरबारमा वार्ता शुरू भएको हो ।
गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीले वार्ताको नेतृत्व गरेका छन् । केसीसँग वार्ता गर्न सरकारले बुधवार मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
२४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गर्दा उनीसँग वार्ता गर्न सरकारमाथि दबाब परेको थियो । नेपाल चिकित्सक संघले केसीका माग पूरा नभए शुक्रवार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएको छ ।