३० जेठ २०८३, शनिबार

भेरी अस्पतालमा घुस लिएको अभियोगमा १५ जनाविरुद्ध आरोपपत्र दायर

भेरी अस्पतालमा घुस लिएको अभियोगमा १५ जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृत माधवप्रसाद आचार्यसहित १५ जनाविरुद्ध घुस दिई/लिई भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

बिहीवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए । 

‘भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूणराज खनाललाई १६ लाख १३ हजार ९७५ स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो,’ प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘अनुसन्धानको सिलसिलामा भेरी अस्पताल नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल नेपालगञ्जमा आर्थिक वर्ष ०७६/७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएको हुँदा निज माधवप्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्रबहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद १६ लाख १३ हजार ९७५ बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका १ लाख ६६ हजार ५०० रुपैयाँ मूल्यका मोबाइल थान ३ समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र अपुग बिगो १ लाख ३२ हजार ५९५ सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।’
 
भेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीलाई सञ्चालकले घुसरिसवत उपलब्ध गराएको देखिँदा सजाय हुन समेत मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाइएको छ । 

भेरी अस्पताल, नेपालगंज, बाँकेका लेखा अधिकृत माधव प्रसाद आचार्यसमेत १५ जना उपर घुस/रिसवत दिई/लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर

प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२२ गते।

भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/- (सोह्र लाख तेह्र हजार नौ सय पचहत्तर) स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा रु.१९,१३,०७०।–(उन्नाईस लाख तेह्र हजार सत्तरी) बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो रु.१९,१३,०७०।- (उन्नाईस लाख तेह्र हजार सत्तरी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद रु.१६,१३,९७५।- (सोह्र लाख तेह्र हजार नौ सय पचहतर), बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका रू.१,६६,५००।- (एक लाख छैसठ्ठी हजार) मूल्यका मोवाईल थान तीनसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन र अपुग बिगो रु.१,३२,५९५।–(एक लाख बत्तीस हजार पाँच सय पन्चानब्बे) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

साथै भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीलाई निम्न संचालकहरुले घुस/रिसवत उपलब्ध गराएको देखिंदा देहायनुसारको कसूरमा सजाय हुन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

निम्न:

सि.नं.नामथर कार्यालयबिगो रु. कसुर तथा सजायको मागदाबी
संचालक/  व्यवस्थापन साहिद हुसैन हलवाई नेपाल स्टोर नेपालगञ्ज रु.२०,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/व्यवस्थापन पुर्णिमा भण्डारी श्री लुम्विनी स्टेसनरी नेपालगञ्जरु.४५,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ ।
 संचालक/ व्यवस्थापन दिपेन्द्र अग्रवालश्री कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगंज रु.३६,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/व्यवस्थापन राजेन्द्र कुमार सोनी श्री हनुमत  स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगञ्ज रु.९९,६००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन सुदिप रिजाल रिजाल ईन्फोसिस बाँके खजुरारु.६०,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।

 संचालक/ व्यवस्थापन ईजामुद्दिन खाँ

रोशनी स्टिल फर्निचर उद्योग नेपालगञ्ज रु.६०,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन अब्दुल अली अन्सारी  रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगञ्ज रु.५६,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन पंकज कुमार श्रेष्ठअम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्जरु.६१,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
संचालक/ व्यवस्थापन ज्ञान बहादुर वलीबागेश्वरी विज्ञापन सेवा नेपालगञ्ज रु. ९६,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय मागदाबी लिइएको छ ।
१०संचालक/ व्यवस्थापन कमालुद्दिन मुकेरीन्यु निजाम स्टोर नेपालगञ्ज रु.१,६१,५००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ ।
११संचालक/ व्यवस्थापन अबनिश कुमार अग्रवालओसियन ईन्टरनेश्नल तथा पश्चिमान्चल डिस्ट्रिब्यूटर नेपालगञ्जरु.१,१८,६००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी लिइएको छ ।

प्रवक्ता

तारानाथ अधिकारी

salt training

कमेन्ट गर्नुहोस्