२२ जेठ २०८३, शुक्रबार

आँखा फुटेको हात्तीलाई गोली हानेर बेहोस बनाई उपचार

असोज २२, २०७७
आँखा फुटेको हात्तीलाई गोली हानेर बेहोस बनाई उपचार
प्रतिकात्मक तस्वीर

बाहुनडाँगीमा बिहीवार एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । 

विगत ३ वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पुर्‍याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जंगलभित्र बेहोस बनाउने गोली हानेर समातेको थियो ।

चितवनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको उपचार गरेको हो । चितवनबाट औषधि बोकेर ४ जनाको टोली आएको थियो ।

बाहुनडाँगीको जंगलमा सो हात्ती देखा परेको सूचनाका आधारमा वन कार्यालयबाट खटिएको टोलीले पछ्याउँदै जाँदा तेलपानी सामुदायिक वनको ३ किलोमिटरभित्र झाडीमा लुकिरहेको अवस्थामा फेला पारिएको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

बिहान १०ः०० बजे एक पटक र त्यसको एक घण्टापछि अर्को पटक बेहोस बनाउने औषधि मिसाइएको गोली हानिएपछि मात्र हात्ती बेहोस भएर ढलेको थियो । बेहोस भएको आधा घण्टाभित्र पशु चिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । बेहोस बनाउन र उपचारको प्रक्रिया पूरा गर्न टोलीलाई ३ घण्टा लागेको थियो ।

चिकित्सक टोलीका प्रमुख डा. श्रेष्ठले हात्तीको दाहिने आँखा धेरै पहिले चोटका कारण फुटेको र शरीरका विभिन्न अंगमा तिखो भाला तथा तीरले घोपिएका घाउ भेटिएको बताए । ‘दाहिने आँखाको ज्योति गुमिसकेको रहेछ, देब्रे आँखाको दृष्टि पनि न्यून छ,’ वरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले भने, ‘घाउचोटको उपचार गरेका छौं ।’ उपचार सकिएलगत्तै हात्ती व्युँझिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्