१२ असार २०८३, शुक्रबार

लाइभ भिडियोमा ३४ सय, वेबसाइटमा ४३ सय ! कति हुन् आज थपिएका कोरोना संक्रमित ?

लाइभ भिडियोमा ३४ सय, वेबसाइटमा ४३ सय ! कति हुन् आज थपिएका कोरोना संक्रमित ?

'गत २४ घण्टामा नयाँ संक्रमितको संख्या ३ हजार ४ सय ३९ रहेको छ,' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीवार भने ।

तर, उनले भनेको र कोरोनासम्बन्धी जानकारी दिने सरकारको आधिकारिक वेबसाइटमा राखिएको डाटामा भने फरक परेको छ । उक्त वेबसाइटमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा संक्रमण देखिएको उल्लेख छ ।

हेर्नुहोस्, मन्त्रालयको बेवसाइटमा राखिएको डाटा :

प्रवक्ताले भनेको र वेबसाइटमा राखिएको डाटामा फरक परेको छ । कुन सही ? नागरिकहरू अन्योलमा परेका छन् ।

यसबारे बुझ्न फोन गर्दा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफूले भन्दा गल्ती भएको बताए ।

'भन्दा गल्ती भएको छ, मिलाइसकेका छौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्