
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने दोहोरो अंकले घटेको छ ।
लगातार उकालो लाग्दै आएको बजारमा बिहीवार हप्ताको अन्तिम दिन नेप्से ११.३४ विन्दुले घटेर १ हजार ५८९.६३ मा झरेको छ ।
बुधवार नेप्से उकालो लागेर १ हजार ६०० को विन्दुमा पुगेको थियो । सेन्सेटिभ परिसूचकसमेत बिहीवार १.६५ ले घटेर ३१४.७४ मा झरेको छ ।
कूल १९३ कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार ३ उपसमूहको शेयर उकालो लाग्दा ९ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा बिहीवार अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको १२ करोड ४१ लाख ८० हजार ४५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेसनल हाइड्रोपावर १० करोड ३७ लाख ३ हजार २४१, सानिमा माई हाइड्रोपावर ८ करोड ९७ लाख ९ हजार २८, कुमारी बैंक ८ करोड ६० लाख ६७ हजार ५०१, अरुण भ्याली हाइड्रोपावर ७ करोड १८ लाख १८ हजार ४३०, हिमाल दोलखा हाइड्रोपावर ६ करोड ९९ लाख १८ हजार ७७ र शिवम् सिमेन्ट ६ करोड ८७ लाख ६१ हजार ४०६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९.७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए ।