२२ जेठ २०८३, शुक्रबार

किन पुगे परराष्ट्रमन्त्री नेपाल–चीन सीमानाका ?

किन पुगे परराष्ट्रमन्त्री नेपाल–चीन सीमानाका ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  कोभिड –१९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा आज स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने   तत्कालीन  र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा  सीमा क्षेत्रको भ्रमण गरेको बताए ।
उनले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
परराष्ट्रमन्त्रीका साथ  तत्कालीन संविधानसभासदस्यद्वय जनार्दन ढकाल र छोवाङतेन्जिङ  तामाङ, प्रमुख जिल्ला अधिकारी अधिकारी हरिप्रसाद पन्त, सुरक्षा अधिकारीलगायत  पनि नेपाल–चीन सीमा क्षेत्र पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्