२३ असार २०८३, मंगलबार

महिलामाथि कुटपिट गर्ने प्रहरीको फन्दामा

असोज २२, २०७७
महिलामाथि कुटपिट गर्ने प्रहरीको फन्दामा

‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको नवराज गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए।

    गत भदौ २७ गते नवराजपुर गाउँपालिका–५ का मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर बोक्सीको आरोपमा आठ जनाको समूहले कुटपिट गरेका थिए । पीडित महिलाका पति रामनारायण यादवले स्थानीयवासी कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवलगायत आठ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्