१५ असार २०८३, सोमबार

पचपन्न हजार बाख्रालाई खोप

कात्तिक २०, २०७४
पचपन्न हजार बाख्रालाई खोप

बैतडी, २६ वैशाख – जिल्ला पशुसेवा कार्यालय पाटनले ५५ हजार बाख्रामा पीपीआर विरुद्वको खोप लगाएको छ ।

यही वैशाख ११ गतेदेखि १० वटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थानमा बाख्रालाई खोप लगाएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा नवीन घिमिरेले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका किसानलाई लक्षित गरेर पीपीआर विरुद्वको खोप अभियान सञ्चालन गरिएको हो । पीपीआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकारको सङ्क्रामक रोग भएको र यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एक मात्र उपाय भएको घिमिरेले बताउनुभयो । भारतसँग सीमा जोडिएका क्षेत्र, सडक करिडोर क्षेत्रमा खोप अभियानलाई प्राथमिकता दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्