
परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौडेल नियुक्त भएका छन् ।
शंकरदास बैरागी मुख्य सचिव बनेपछि रिक्त रहेको सचिव पदमा पौड्याल नियुक्त भएका हुन् ।
यसअघिका केही दिन उनले निमित्त सचिवका रूपमा कार्यभार सम्हालेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले परराष्ट्रका वरिष्ठ सहसचिव पौड्याललाई सचिवमा बढुवा गर्दै परराष्ट्रमै जिम्मेवारी दिएको हो ।
पौड्याल यसअघि परराष्ट्र मन्त्रालयको प्रवक्ता थिए । मन्त्रालयले ट्वीट गर्दै पौडेल सचिवमा नियुक्त भएको जनाएको छ ।
हेर्नुहोस्, ट्वीट :
नेपाल सरकारको परराष्ट्र सचिव पदमा नियुक्त हुनु भएकोमा आदरणीय श्री भरत राज पौड्यालज्यूलाई मन्त्रालय परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 9, 2020