०८ असार २०८३, सोमबार

आकाशबाट खसे १५ सयभन्दा बढी चरा, विनाशको संकेत ?

भदौ १६, २०७७
आकाशबाट खसे १५ सयभन्दा बढी चरा, विनाशको संकेत ?

अमेरिकाको फिलाडेल्फिया शहरमा गत शुक्रवार १५ सयभन्दा बढी चराहरू आकाशबाट अचानक खसे । तीमध्ये धेरैको मृत्यु भयो । 

यी चराहरू जाडो महिना लाग्नुअघि दक्षिणतर्फ जाँदैथिए । 

यस्तै घटना सन् १९४८ मा पनि भएको थियो । यति धेरै चराहरू अचानक मर्दा मानिसहरू तर्सेका छन् । 
 

फिलाडेल्फियामा वन्यजन्तु सम्बन्धी काम गर्ने स्टिफन म्यासिवेव्स्कीले भने, ‘अनेकौं चरा आकाशबाट खसिरहेका थिए । के भएको हो, हामीले थाहा पाएनौं । यो निश्चित रूपमा विनाशकारी घटना हो ।’

अघिल्लो शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म आफूले ४०० चरा बटुलेको उनले बताए ।

यी चराहरू विभिन्न स्थानमा जाँदै गर्दा अग्ला भवनमा ठोकिएर खसेको बताइएको छ । घटना हुँदा उक्त क्षेत्रमा तापक्रम अचानक घटेको बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, अनेकौं चराहरू अग्ला भवनका शीशामा ठोकिए । 

अग्ला भवनका शीशा चराहरूका लागि खतरनाक भएको भन्दै केही समयअघि अमेरिकी संसदमा एक विधेयक पेश गरेर अग्लो भवनमा शीशा प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्