२२ असार २०८३, सोमबार

यी महिलालाई मानिन्छ पुटिनकी प्रेमिका

भदौ १६, २०७७
यी महिलालाई मानिन्छ पुटिनकी प्रेमिका

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी प्रेमिका भनिएकी अलिना काबाएभा सन् २०१८ देखि सार्वजनिक रूपमा देखिएकी छैनन् । 

पोहोर साल जुम्ल्याहा सन्तान जन्माएपछि साथीहरूसँग सम्पर्क तोडेको र गायब भएको बताइएको छ । 
 

काबाएभा ३७ वर्षीया ओलम्पिक स्वर्ण पदक विजेता हुन् । सन् २०१८ मा अन्तिमपटक देखिँदा उनी दुई महिनाकी गर्भवती भएको र जुम्ल्याहाहरूका पिता पुटिन भएको बताइएको छ । 

उनले मस्कोस्थित क्लिनिकमा सन् २०१९ को अप्रिल महिनामा जुम्ल्याहा केटाहरू शल्यक्रियामार्फत जन्माएको बताइन्छ । तर उनी र पुटिन दुवैले यसको पुष्टि गरेका छैनन् । 

सार्वजनिक रूपमा गायब भए पनि उनले आफ्नो टीमका अर्की खेलाडीकी आमाको चिहानमा फूल चढाउनका लागि जाने गरेको काबाएभाका एक साथीले बताएका छन् । 

सन् २००० को दशकमा काबाएभाको चर्चा चुलिएको थियो । उनी सफल रुसी खेलाडीहरूको समूहमा पर्थिन् । ल्यासान उतियाशेवा र इरिना चाशचिनासँगै उनले धेरैवटा पदक जितेकी थिइन् । 
 

उतियाशेवाकी आमाको चिहानमा काबाएभाले फूल चढाउने गरेकी हुन् । उनलाई काबाएभाको बारेमा सोध्दा यस्तो भनिन्, ‘कुनै व्यक्तिले समाजको आँखाबाट टाढा रही जीवन बिताउन चाहेमा उसको चाहनाको सम्मान गर्नुपर्छ ।’
 

कासाएभाले रिदमिक जिम्नास्टिकको इतिहासमा सबभन्दा धेरै पदक जितेकी छन् । दुईवटा ओलम्पिक पदकका साथै उनले १४ वटा वर्ल्ड च्याम्पियनशिप पदक र २५ वटा युरोपियन च्याम्पियनशिप पदक जितेकी छन् । 

खेलकुदबाट संन्यास लिएपछि काबाएभा राजनीतिमा आइन् र पुटिनको युनाइटेड रसियाको सदस्य बनिन् । 

एकपटक उनले एक पत्रिकाका लागि अर्धनग्न तस्वीर खिचाएकी थिइन् । उनी एक फिल्ममा पनि देखिएकी छन् र गायनमा पनि करीयर बनाउने कोशिश गरेकी थिइन् । 

पोहोर साल उनले जुम्ल्याहा सन्तान जन्माएको हल्ला चल्दा कुलाकोभ अस्पताल पूरै खाली गराएको कुरा पनि उठेको थियो । 

अस्पताल खाली गराएको खबर मोस्कोव्स्की कोमसोमोलेट्स नामक पत्रिकाले आफ्नो वेबसाइटमा दिएको थियो तर अचानक त्यसलाई डिलिट गरिदियो । 
 

मोस्कोव्स्की कोरेस्पोन्डेन्ट नामक पत्रिकाले सन् २००८ मा काबाएभा र पुटिनले इंगेजमेन्ट गरेको खबर दिएपछि त्यसको खण्डन गरिएको थियो र पत्रिका नै बन्द गराइएको थियो । 

पुटिनले आफ्नो निजी जीवनलाई अत्यन्तै गोप्य राख्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्