३० जेठ २०८३, शनिबार

सरकारले भन्यो– यसपालि दशैंमा टीका लगाउन जाने होइन, फोन वा अनलाइनबाटै आशीर्वाद लिनुस्

सरकारले भन्यो– यसपालि दशैंमा टीका लगाउन जाने होइन, फोन वा अनलाइनबाटै आशीर्वाद लिनुस्

सरकारले यसपालिको दशैंमा फोन वा अनलाइनबाटै आशीर्वाद लिन अपिल गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सरकारका प्रवक्ता डा. जागेश्वर गौतमले मन्यजनसँग आशीर्वाद लिने नाममा यात्रा नगर्न र धेरै बूढापाकाकोमा गएर टीका नलगाउन अपिल गरेका हुन् ।

'मान्यजनसँग आशीर्वाद लिने क्रममा यात्रा नगरौं र धेरै बूढापाकासँग गएर यसपटक टीका नलगाऔं । अनलाइन वा फोनबाट आशीर्वाद लिऔं,' उनले भने ।

उनले सपिङका नाममा भीडभाड नगर्न पनि अपिल गरे ।

'यसपालि दशैं संयमित भई भीडभाडमा सपिङ नगरी, भएकै लुगाकपडा सरसामानको उपयोग गरी घरमा पूजाआजा गरी मनाऔं । घरमै बनाइएका सामग्री खाऔं । घरमै बसेर पनि धुमधामले दशैं‌ मनाउन सकिन्छ,' प्रवक्ता गौतमले भने ।

पढ्नुहोस्, यो पनि :

यसपालि टीका थाप्न माइत-मावल र ससुराली जान नपाइने, जो जहाँ छ त्यहीँ दशैं !

salt training

कमेन्ट गर्नुहोस्