
कोरोना पोजिटिभ आएका मानिस अनिवार्य आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
शुक्रवार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमित आइसोलेसनमा नबसेको पाइएको बताउँदै आइसोलेसनमा नबस्नेलाई कारबाही गरिने बताए ।
उनले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजायसम्म हुने व्यवस्था रहेको बताएका छन् ।
उनले अनुगमन गरी आइसोलेसनमा नबसेको पाइए कोरोना संक्रमितलाई कानूनअनुसार कारबाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूमा सूचना पठाइसकेको बताएका छन् ।