
नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले आउँदै गरेको बडा दशैंलाई लक्षित गरेर “यो दशैंमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर” नामक योजना ल्याएको छ ।
योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्नुहुनेछ ।
जस अनुसार टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहारहरु सहित एक बर्षको फ्री सर्भिस कुपन समेत पाउनु हुनेछ । त्यसैगरी बुकिङ्ग गरे बापत पनि विभिन्न उपहारहरु प्राप्त हुनेछ । खरिद गर्ने ग्राहकहरु मध्ये बाट तीस जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत आकर्षक बम्पर उपहारको समेत ब्यवस्था गरिएको छ ।
सिप्रदी ट्रेडिङ ( कमर्सियल गाडीका जेनरल म्यानेजर अनुपमणि ढकालले भने,“ सिप्रदीले सधैं आफ्ना ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ । र हरेक वर्षझैँ यो वर्ष पनि हामीले आफ्ना ग्राहकहरुका लागि यस वर्षको महान चाडपर्वलाई ध्यानमा राखेर दशैं अफर निकालेका छौं । ग्राहकहरुको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रिया आइरहेको छ । यसका साथै सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रुपमा उपलब्ध गरि रहेको छ । उक्त सहुलियत कर्जाका बारे विस्तृत जानकारी लिनको लागि हामी सम्पूर्ण ग्राहकवर्गलाई हाम्रा टोल फ्रि नम्बरमा सम्पर्क गर्न अनुरोध गर्न चाहन्छु ।“
अहिलेको प्रतिकुल परिस्थितिमा आएको बडा दशैंमा ग्राहकहरुलाई केहि खुसी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको सिप्रदी ले जनाएको छ , ग्राहकहरुको टाटा गाडी प्रतिको आकर्षण र उत्साहजनक सहभागिता रहेको यो योजना भाद्र २५ गतेबाट देशैभर लागू गरिएको छ । साथै सबैको बडा दशैं सुरक्षित र शुभ रहोस् भनेर कामना गरेको छ ।