०८ असार २०८३, सोमबार

अर्नब गोस्वामीको टेलिभिजनमाथि लाग्यो गम्भीर आरोप, छानबिन हुँदै

असोज २३, २०७७
अर्नब गोस्वामीको टेलिभिजनमाथि लाग्यो गम्भीर आरोप, छानबिन हुँदै

अर्नब गोस्वामीको रिपब्लिक टिभीसहित अन्य ३ भारतीय च्यानलले आफ्नो च्यानललाई टिआरपीमा अघि बढाउनका लागि दर्शकहरुलाई पैसा बाँड्ने गरेको प्रहरीले दावी गरेको छ । सोही आरोपमा मुम्बई प्रहरीले बिहीबार फल्स टिआरपी गिरोहको भण्डाफोर गरिने घोषणा गरेको छ । उनीहरले समाचारमार्फत गलत प्रोपोगान्डा फैलाउँदै आएको पनि प्रहरी दाबी छ ।

यस घटनामा चारजनालाई पक्राउ गरिएको छ भने च्यानलसँग जोडिएका मानिसहरुलाई सोधपुछका लािग बोलाइएको पुलिस कमिस्नर परमवीर सिंहले बताए ।
यद्यपी, रिपब्लिक मिडिया नेटवर्कले यस्तो आरोप झुठो रहेको बताएको छ । ‘मुम्बई पुलिस कमिस्नर परमवीर सिंहले रिपब्लिक टिभीविरुद्ध झुठो आरोप लगाएका छन् । किनकी हामीले सुशान्त सिंह राजपूत केसमा उनीहरुको जाँचलाई लिएर सवाल उठाएका थियौं,’ नेटवर्कका प्रधान सम्पादक अर्नब गोस्वामीले विज्ञप्ती जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘रिपब्लिक टिभीले अब कस्मिनरविरुद्ध आपराधिक मानहानीको मुद्दा हाल्नेछ ।’ तर, हिरासतमा रहेका व्यक्तिहरुले पैसा दिएर रिपब्लिक टिभीले टिआरपी किनेको आरोप साँचो रहेको बयान दिएका छन् ।

टिआरपीको पूरा अर्थ टेलिभिजन रेटिङ पोइन्ट हो । यो एक यस्तो तरिका हो, जसको सहयोगले दर्शकहरुले के हेर्दैछन् भन्ने थाहा हुन्छ । यसले कुनै पनि टिभी कार्यक्रमको लोकप्रियता बुझाउन सहयोग गर्छ । अर्थात्, कसले कुन च्यानल वा कार्यक्रम सबैभन्दा धेरै हेर्दैछन् भन्ने थाहा हुन्छ । जुन च्यानललाई धेरै मानिसहरुले हेर्छन्, जति धेरै समयसम्म हेर्छन् । त्यसको टिआरपटी उति नै धेरै हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्