काठमाडौं, २६ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मन्त्रीमण्डलमा मंगलवार थप तीन मन्त्री थपेका छन् । सोमवार ३ जना मन्त्री सपथ गराएका प्रधानमन्त्री प्रचण्डले मंगलवार पनि त्यतिकै संख्यामा राज्यमन्त्री थपेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीमा सुमित्रा विश्वास, भूमिसुधार राज्य मन्त्रीमा यशोधा लामा र संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीमा जनक चौधरीमा नियुक्त गरेका हुन् ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट नयाँ राज्यमन्त्री थपिएका हुन् ।