१५ असार २०८३, सोमबार

सरकार र न्यायालयबीचको तिक्तता यस्ताे देखियो चियापानमा (फोटोफिचर )

कात्तिक २०, २०७४
सरकार र न्यायालयबीचको तिक्तता यस्ताे देखियो चियापानमा (फोटोफिचर )

काठमाडौं, २६ बैशाख– सर्वोच्च अदालतले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री लगायत भीआइपीहरु अनुपस्थित भएका छन् ।

६५ औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले मंगवार अदालत परिसरमा सदाझैं चियापानको आयोजना गरेको थियो ।

प्रधानन्यायाधीश सुशीला कार्कीसँग सरकारको असन्तुष्टिका कारण अधिकांश भीआइपीहरु उक्त चियापान कार्यक्रममा अनुपस्थित भएका हुन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी ,उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए ।

मन्त्रिपरिषद्को तर्फबाट सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्की एक्लो मात्रै सहभागी भएका थिए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती लगायतका अन्य मन्त्रीहरु सहभागी भएनन् ।

कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधीवक्ता रमन श्रेष्ठ समेत अनुपस्थित रहे । चियापानमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि सहभागी भएनन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदले केही दिनअघि संसदमा प्रधानन्यायाधीश सुशीला कार्की माथि महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सर्वोच्चका न्यायाधीश चोलेन्द्र  शमसेर राणाले गत शुक्रवार प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको उक्त महाअभियोग प्रस्तावलाई रद्द गरी सर्वोच्चमा कार्कीलाई प्रधानन्यायाधीशका रुपमा फर्किन अन्तरिम आदेश दिएको थियो ।

यस आदेशबाट असन्तुष्ट रहेका सत्तापक्ष कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरुले चियापानमा नजाने घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्