सरकारले परोपकार प्रसुती गृह थापाथली र कान्ती बाल अस्पताबाहेक काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई स्पेसलाइज्ड अस्पतालबाहेक अन्य सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यसअघि पाटन, वीर, शिक्षण अस्पताल लगायतलाई कोभिड अस्पताल बनाइएको थियो ।
साथै मन्त्रालयले कोरोनाका लक्षणविहीन संक्रमितलाई राख्न होटलहरूलाई आइसोलेसनका रूपमा प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
आइसोलेसनमा रुपान्तरित होटलले अन्य सेवा भने दिन पाउने छैनन् ।