
सरकारले अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमनमा लगाएको रोकलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्षका साथ अन्तर्राष्ट्रिय सीमानाका कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय भएको थियो ।
देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा यस विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ । बैठकले यस वर्षको दशैँ जो जहाँ छ त्यहीँ मनाउन आह्वान गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ ।