०३ असार २०८३, बुधबार

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदबीच भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा  शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
मित्रराष्ट्रका उच्च पदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास सेनाले लिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्