०८ साउन २०८३, शुक्रबार

चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
 उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्