०९ असार २०८३, मंगलबार

चिकित्सकभन्दा झाँक्री–वैद्य प्यारा डाडु तताएर दाँतको उपचार

कात्तिक २०, २०७४
चिकित्सकभन्दा झाँक्री–वैद्य प्यारा डाडु तताएर दाँतको उपचार
बाजुरा, २७ बैशाख - बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थ्य चौकी छन्। तर, स्वस्थ्य चौकीभन्दा धामीझाक्री र वैद्यहरु स्थानीय जनताको मनमा बस्न सफल भएका छन्। यहाँका अधिकांश बिरामीहरु उपचारका लागि स्वास्थ्य चौकी जाँदैनन्, धामी–झाँक्री र वैद्यहरुकै भर पर्छन्। धामी–झाँक्री र वैद्यहरुले गर्ने उपचार पद्धतिमा पनि उनीहरुको कुनै गुनासो पाइँदैन। स्वामीकात्तिक गाउँपालिका –२ की जनपुरा रावल दाँत दुःखेपछि रातभर सुत्न सकिनन्।
बिहानीको पर्खाइमा उनले कष्ट सहेरै रात बिताइन्। उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन। उनी सिधै स्थानीय वैद्यकोमा गइन्। वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् र ती महिला वैद्यले उनको दुखेको दाँतमा केहीबेर डामिन्। बिरामी रावललाई तातो डाडुको रापले दाँत दुखेको बिसेक भयो।
तत्कालै दाँत दुख्न छाडेपछि रावलले वैद्यको प्रशंसा गर्न केही कसुर बाँकी राखिनन्। उनले खुसी हुँदै भनिन्,‘मलाई बचायौ दिदी रातभर दाँत दुखेर सुत्न सकेकी थिइनँ, अहिले त पूरै सन्चो भयो।’ वैद्य र धामी–झाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन्। बाजुरामा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या अधिक छ, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्