
नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको हो ।
१५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका सक्रिय संक्रमितको संख्या भने ३५ हजार ९ सय १५ पुगेको छ ।
६ सय ६३ जनाको मृत्यु हुँदा ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ३ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हेर्नुहोस्, तथ्यांक :