मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कैलालीको एक सामुदायिक वनको घाटगद्दीमा राखिएको ठूलो परिमाणमा काठ चोरी भएको घटना बाहिरिएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ९ स्थित शिवशंकर सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दीमा राखिएको करिब २ सय क्युफिट काठ चोरिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार चोरीको घटनामा सोही समुदायिक वनका पुर्व अध्यक्ष महेन्द्र देउवासहित सोही समुहकै चोरीशिकारी नियन्त्रण दलका बल बहादुर बोहराको संलग्नता रहेको पाइएको छ । उनीहरुले असोज २४ गते राति २ बजेको समयमा घाटगद्दीमा राखिएका सालका गोलिया चोरेका थिए । चोरिएका ती गोलियाहरु ७ फिट लम्बाइका छन् ।
समूहले महादेव माध्यमिक विद्यालयको चौरमा घाटगद्दी गरेर राखेको थियो । असोज २३ गते बिहान देउवाको समूहले काँचो ठाडो २ वटा सालका रुख ढालेर छोडेपछि समुहले बेवारिसे भन्दै संकलन गरेर समितिको मातहतमा ल्याएको थियो । तर राती ती काठका गोलिया वल बहादुर बोहरा र जीत बहादुर देउवाको ट्याक्टर प्रयोग गरेर चोरी गरिएको स्रोतको दाबी छ ।
सो घटनालाई स्थानीय स्तरमै मिलाउने प्रयास गरिएको छ । भने काठको यकिन परिमाण अझै खुल्न नसकेको हो । समूहकी अध्यक्ष नन्दा भट्टले घाटगद्दीमा राखिएको १४ वटा गोलियामध्ये ४ वटा गोलिया मात्रै चोरिएको बताइन् ।
समूहका पूर्व अध्यक्ष देउवाको संलग्नता रहेको र देउवाले आफुले नै चोरी गरेको स्वीकार गरेको पुष्ट्याई गर्दै समूहकी अध्यक्ष भट्टले सो काठ फिर्ता ल्याउने र समूहको विधान बमोजिम कारवाही गर्ने समूहको छलफल भएको बताइन् ।
घटनावारे सव डिभिजन वन कार्यालय मसुरिया र डिभिजन वन कार्यालय कैलालीलाई भने कुनै जानकारी दिइएको छैन । समूहकी अध्यक्ष नन्दा भट्टले विधान बमोजिम समूह पनि स्वायत्त निकाय रहेको दाबी गर्दै हालसम्म सब डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालयलाई जानकारी नदिएको उल्लेख गरिन् ।
उता सव डिभिजन वन कार्यालय मसुरियाका प्रमुख सचितानन्द सिंहले घटनावारे आफुलाई जानकारी नभएको बताए । घटनावारे छानविन गर्ने उनको भनाइ थियो ।
कोरोना कहरप्रति सबैको ध्यान केन्द्रीत भएको बेला कैलाली जिल्लाका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनबाट काठको चोरी तस्कारी बढेको छ । तर सरोकारवाला निकाय भने कोरोना कहर भन्दै प्रभावकारी रुपमा निगरानी बढाउन नसकेको हो ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...