
बन्द भएको १२ वर्षपछि सूदुरपश्चिमको विकट पहाडी जिल्ला बझाङको देवल विमानस्थलबाट नियमित उडान शुरु भएको छ । समिट एयरले मंगलवारदेखि धनगढीबाट देवल विमानस्थलमा उडान शुरु गरेको हो ।
गएको शनिवार विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहित सहभागि भएका थिए । २०६५ सालदेखि बन्द विमानस्थल कालोपत्रे गरिएपछि मंगलवारबाट नियमित उडान शुरु भएको हो ।
नेपाल नागरिक उड्यन प्राधिकरणले सूदुरपश्चिमका हिमाली तथा पहाडी जिल्लालाई राजधानीसँग जोडने अभियान अन्तरगत बझाङ विमानस्थलमा नियमित उडान शुरु भएको जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि सर्वसाधारण खुसी भएका छन् ।
सुदुर पश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरुलाई राजधानी धनगढीसँग हवाई सेवाले जोड्ने अभियान अन्तर्गत लामो समय देखि बन्द अवस्थामा रहेको बझाङ्ग विमानस्थलमा आज धनगढीबाट नियमित उडान प्रारम्भ भएको छ । pic.twitter.com/VXuaBIQEvb
— Civil Aviation Authority of Nepal (@hello_CAANepal) October 13, 2020