२८ असार २०८३, आइतबार

फुटबलका कप्तान किरणको आक्रोशः फुटबल खेल चिल्लो गाडीमा बसेर गफ लगाएजस्तो होइन

फुटबलका कप्तान किरणको आक्रोशः फुटबल खेल चिल्लो गाडीमा बसेर गफ लगाएजस्तो होइन


कोरोना कहरको नाममा लामो समय सम्पूर्ण खेल गतिविधि नै ठप्प भएपछि खेलाडीहरुले आक्रोश पोख्न थालेका छन् । तोकिएको मापदण्ड पूरा गरी खेल गतिविधि सञ्चालन गर्न सकिने भएपनि सरोकारवालाले चासो नदेखाएको खेलाडीहरूको गुनासो छ ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले सार्वजनिक रुपमा असन्तुष्टि पोख्दै फुटबल मात्रै नभएको सम्पूर्ण खेल गतिविधि मापदण्ड पूरा गरी सुचारु गर्न अनुरोध गरेका छन् । उनले खेलसँग सम्बन्धित जिम्मेवार निकायमा बसेका पदाधिकारीले खेल क्षेत्र सुचारु गर्न चासो नदेखाएको आरोप समेत लगाएका छन् ।

‘फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद मापदण्ड पुरा गरी सुचारु गर्न अनुरोध गर्दछु, एन्फाका पदाधिकारी र खेलकुद मन्त्री समेतलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै उनले मंगलबार भनेका छन्, ‘किन एकान दोकान गर्दै हुनुहुन्छ, के खेलाडी सधैँ मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ?’ उनले  ‘खेलाडी सधैं काठमाडौँको धुलोमा तपाईंहरु चै चिल्लो गाडीमा ?’ भन्दै आक्रोश पोखेका छन् ।  

देशको नाम खेलकुद र खेलाडीले चिनाउने स्मरण गराउँदै उनले खेल क्षेत्र चलायमान नहुँदा खेलाडीले खेल्नै बिर्सिसकेको धारणा राखेका छन् । उनले भनेका छन्, ‘फुटबल खेलाडीले खेल्न बिर्सिसके । सरकार फुटबल राजनीति जस्तो होइन । फुटबलमा  खुट्टा र दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । २ खुट्टा चलाए घरपरिवार हेर्नुपर्ने हुन्छ  । ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ?’

उनले खेल गतिविधि नहुँदा खेलाडी पलाउन हुने खतरा रहेको औंल्याउँदै अहिले रंगशाला फिल्म, म्युजिक भिडियोलगायतका सुटिङ हुने स्थल बन्न पुगेको भन्दै आक्रोश पोखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्