
चीनको उहानबाट सुरु भएर विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ८२ लाख नाघेको छ । मंगलबार रातिसम्म संक्रमितको संख्या ३ करोड ८२ लाख ३९ हजार पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म १० लाख ८८ हजार १५९ जनाको मृत्यु हुँदा संक्रमण निको हुनेको संख्या २ करोड ८७ लाख ३६ हजार नाघेको छ । यस्तै हाल विश्वमा ८४ लाख १४ हजार बढी सक्रिय संक्रमित रहेका छन् । हालसम्म अमेरिका सर्वाधिक कोरोना संक्रमित देशको सूचीको पहिलो नम्बरमा रहेको छ ।