०४ साउन २०८३, सोमबार

घरजग्गा भाडामा दिएर गाह्रो छ हजुर, भाडावालहरू यसरी जोरी खोज्दै हिँड्छन्

कात्तिक २०, २०७४
घरजग्गा भाडामा दिएर गाह्रो छ हजुर, भाडावालहरू यसरी जोरी खोज्दै हिँड्छन्
काठमाडौं, २७ वैशाख – आजभोलि मान्छेको आर्थिक अवस्थाको मापन घर घडेरी वा राम्रो ठाउँमा रहेको जग्गालाई हेरेर गरिन्छ । राम्रो ठाउँमा महंगो पैसा खर्च गरेर घर घडेरी जोडेपछि त्यो जग्गाबाट यसै आम्दानी हुने कुरा भएन । महंगो मुल्यमा किनेको जग्गाबाट थोरै भएपनि आम्दानी त गर्ने पर्ने हुन्छ । राम्रा सहरमा भएका जग्गाबाट थोरै हैन धेरै नै आम्दानी पनि हुन्छ ।

आम्दानीको एउटा मात्रै उपाय घर जग्गा भाडामा लगाउने हो । तर घर जग्गा भाडामा लगाएर मस्त आम्दानी गर्ने सोच्नुभएको छ भने राम्ररी विचार गर्नुहोस् है, काठमाडौंकी एक जना जग्गा धनीले जग्गा भाडामा लगाउँदा पाउनु दुख पाएकी छन् ।

उनले आज एउटा ब्रोडसिट दैनिकमा सूचना जारी गर्दै आफ्नो दुखेसो पाखेकी छन् । सुविधानगर काठमाडौंकी अञ्जना थापाले ललितपुरको धोविघाट जावालाखेलमा रहेको जग्गा भाडामा लगाउँदा दुख पाएकी हुन् ।

उनले ड्याभ सुशील केडिया विश्व भारती नाउँको विद्यालयलाई लामो समयदेखि जग्गा भाडामा दिएकी रहिछन् । २२ महिना जग्गा भाडाको सहमति समाप्त भएछ । अर्थात करार समाप्त भयो । करार समाप्त भएपछि भाडामा बस्ने खुरुक्क ठाउँ छोडेर जानु पर्ने हो तर त्यो विद्यालयले त्यहाँ नछोड्नका लागि अनेक हत्कण्डा गर्न थालेपछि थापाले दुख पाएकी हुन् ।

उक्त विद्यालयले आफ्नो वेवसाइटमा राखेको आफ्नो जानकारी तथा लोकेसन

विद्यालयका सञ्चालक अनिल कुमार कडियाले सम्झौता समाप्त भएपछि पनि जग्गा छोडेका छैनन् । बरु उल्टौलो उच्च अदालत पाटनमा पुगेर करारलाई नविकरण गरादिनुपर्यो भन्दै मुद्दा नै हालेछन् । उनले मौखिक रुपमा करार नविकरण गर्ने समझदारी भएको भन्दै नविकरण गराईदिन माग गर्दै अदालत गएका हुन् । तर अदालतले उनको मुद्दालाई सिधै खारेज गरिदियो ।

अदालतले मुद्दा खारेज गरिदिएको भएपनि उनले अझै पनि जग्गा छोड्न अटेर गरेपछि थापाले दुख पाएकी छन् । उनले उक्त जग्गामा थापाको सहमति बिनानै अरु भौति पूर्वाधारहरु पनि निर्माण गरिरहेका छन् । जग्गा धनी र महानगरपालिकाको स्वीकृती विनानै उनले उक्त ठाउँमा भौतिक पूर्वाधारहरू निर्माण गरेका हुन् ।

थापाले कडियालाई पटक पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि जग्गा नछोडेको आरोप लगाउँदै दैनिक पत्रिकामै सूचना प्रकाशन गरेकी छन् । यसरी ललितपुरको ड्याभ सुशील केडिया विश्व भारती नामको विद्यालय गैह्र कानुनी रुपमा भाडामा बसेको देखिएको छ ।

उनले अंग्रेजी पत्रिका दि हिमालयन टाइम्समा प्रकाशन गरेको सूचना हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्