३२ असार २०८३, बिहीबार

झिनो मतले चुनाव हारेपछि ‘धन्यवाद सभा’ : भावुक समर्थकबाट उठ्यो ३३ लाख रुपैयाँ

असोज २८, २०७७
झिनो मतले चुनाव हारेपछि ‘धन्यवाद सभा’ : भावुक समर्थकबाट उठ्यो ३३ लाख रुपैयाँ

भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ, जहाँ चुनाव हारेपछि आयोजित धन्यवाद सभामा समर्थकले २१ लाख भारतीय रुपैयाँ अर्थात ३३ लाख नेपाली रुपैयाँभन्दा बढी रकम उठाएका छन् ।

भारतीय सञ्चारमाध्यम आजतक प्रकाशित खबर अनुसार राजस्थानको जोधपुरस्थित पीपाड नानण गाउँमा भएको पञ्चाय चुनावमा सुन्दर देवीले मक्कू देवीलाई ८४ मतले हराइन् । थोरै अन्तरले हारेपछि धन्यवाद सभा आयोजना गरियो । जसमा उनका समर्थकले चुनावी खर्च फरफारक गर्न आर्थिक सहयोग गर्ने निर्णय गरे ।

गाउँका समर्थकले मक्कू देवीका पतिको शिरमा नोटहरूले भरिएको थाली राखेर धन्यवाद सभाबाट बिदा गरेका थिए । धन्यवाद सभामै पराजित उम्मेदवारले निर्वाचित वडापञ्चहरूलाई माल्यार्पण गर्दै स्वागत गरेका थिए ।

पराजित उम्मेदवारका समर्थकले नेताको मनोबल बढाउन गरेको आर्थिक सहयोग अहिले चर्चाको विषय बनेको छ । धन्यवाद सभामा सबैका लागि खानाको व्यवस्था गरिएको थियो ।

पीपाड गाउँ पञ्चायतमा १० अक्टुबरमा निर्वाचन भएको थियो । गाउँमा मक्कू देवी, सुन्दरी देवी, प्रियंका र किरण चुनावी मैदानमा थिए । सुन्दरीले २ हजार ५१ भोट ल्याउँदा मक्कूले १ हजार ९६७ मत ल्याएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्