
नवनियुक्त मन्त्रीहरूको सपथका लागि राष्ट्रपति कार्यालयले तयारी थालेको छ । कार्यालय स्रोतका अनुसार पुनर्गठनमा परेका नयाँ मन्त्रीहरूले भोलि सपथ गर्नेछन् ।
'सपथ ग्रहण भोलि हुन्छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'तयारी त खासै के गर्नुपर्ला र ? त्यही पनि हामी तयार छौं ।
मन्त्रीमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलको मन्त्रालय खालि भएको छ ।
उनलाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफैसमक्ष राखेका छन् ।
पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन । पोखरेल कुनै अर्को मन्त्रालयमा जाने बालुवाटार स्रोतले लोकान्तरलाई बतायो ।
यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् ।
यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।
महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।