१० साउन २०८३, आइतबार

नारायणकाजीलाई बाबुरामको जवाफ–जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ

नारायणकाजीलाई बाबुरामको जवाफ–जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ
फाइल तस्बिर

आफ्नो अभिव्यक्तिलाई लिएर सार्वजनिक माफी माग्नुपर्ने भन्दै विज्ञप्ति निकालेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजनाबाट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले अर्बौ घुस लिएको आरोप बाबुरामले लगाएका थिए ।

प्रवक्ता श्रेष्ठले बुधवार विज्ञप्ति प्रकाशित गरी घुस लिएको कपोकल्पित आरोपबारे बाबुरामले सार्वजनिक माफी माग्नु पर्ने बताएका थिए । ‘बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिङ,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ,’ भट्टराईले बुधवार साझ ट्वीट गर्दै भनेका छन् ।

भट्टराईले श्रेष्ठलाई जस्केलाबाट संसद छिरेको आरोप लगाएका छन् । २०७४ सालको प्रतिनिधि सभा चुनावमा नारायणकाजी बाबुरामसँग पराजित भएका थिए । श्रेष्ठ पछि राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्