२९ जेठ २०८३, शुक्रबार

युरोपेली देश स्पेनमा फेरि बढ्न थाले कोरोना संक्रमित

असोज २८, २०७७
युरोपेली देश स्पेनमा फेरि बढ्न थाले कोरोना संक्रमित

स्पेनमा कोरोना भाइरस का नयाँ सङ्ंक्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो ।
प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो ।

बताइएअनुसार यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् ।

उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा सङ्क्रमितहरु भेटिन थालेका पनि बताएको छ ।  चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यो सङ्क्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्