०२ असार २०८३, मंगलबार

दूतावासको सहयोगमा अलपत्र परेका ७ जनालाई मलेसियाबाट नेपाल पठाइयो

कात्तिक २०, २०७४
दूतावासको सहयोगमा अलपत्र परेका ७ जनालाई मलेसियाबाट नेपाल पठाइयो
काठमाडौं, २७ वैशाख – मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावासको सहयोगमा सात जना नेपालीलाई घर पठाइएको छ । प्लेन टिकट समेत काट्ने पैसा नभएर अलपत्र परेका सात जनालाई दूतावासको सहयोगमा नेपाल पठाइएको हो ।

दूतावासले आज एक विज्ञप्ती जारी गर्दै सात जना नेपालीलाई नेपाल पठाइएको जनाएको छ । इटहरी ७ घर भएकी सुजिता कुमारी सिंह चौहान र नीजको छोरा सिमोन कुमार सिंह सहित सात जनालाई नेपाल पठाइएको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार सिरहाका सोनिस कुमार साहानी, सर्लाहीका दिपेन्द्रबहादुर खड्का, चितवनका सुकमन तामाङ, रामेछापका दिनेश कुमार सुनुवार र झापाका ठाकुर राजवंशीलाई उद्दार गरेर नेपाल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्