
काठमाडौं, २७ वैशाख - सत्ताधारीले चुनाव खर्चका लागि उठ्तिपुठ्ती कसरी गर्छन् भन्ने उदाहरण छ –विभिन्न नाकाबाट आउने सामान छापामार शैलीमा कव्जा गर्ने ।
ट्रकका ट्रक समातिएका सामानसहित पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा थुपार्ने, अनि मोलमोलाइमा छाड्ने । केरुङ विराटनगर, भैरहवा र वीरगञ्ज नाकाबाट आउने क्यारिडवाला ट्रक र ट्रान्सपोर्टहरु तीन महिनाका लागि चन्दा असुलेर छाडिदिएका छन् ।
अर्थसचिव शान्तराज सुवेदीले फोनमा र राजश्व सचिव राजन खनालले अधिकारीहरुलाई बोलाएर यससम्बन्धमा थर्काइसकेका छन् ।
यसपछि राजश्व अनुसन्धान महानिर्देशक रामकृष्ण सुवेदीले दुईचार दिनलाई छापा नमार्नु, चुनावको बेला छ, भनेर आदेश दिएको बताइन्छ । यो काममा लगाइएका पात्र हुन्, केरुङ नाकामा केदार पनेरुलाई हटाए गएका गोपाल कोइराला, जो अहिले राजश्व अनुसन्धनको ७ नं फाँटमा छन् ।
उनी र मातहतका शिवजी पन्त यसका मुख्य योजनाकार हुन् जसले गस्ती पठाएर ट्रक नै कव्जा गर्ने अभियान चलाएका थिए । छापा मार्न जाने व्यक्ति ३ नं फाँटका नारद गौतम र कम्प्युटर अधिकृत डिलाराम हुन् ।
राजश्वका हाकिमहरुले उद्योगी र व्यापारीलाई आयकर र भ्याट छलीमा कारबाही नगर्ने शर्तमा रकम लिएको बताइन्छ ।
जनआस्थाबाट